News Desk
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समयको मागअनुसार पार्टीलाई रूपान्तरण गरिएको उल्लेख गर्दै अब देश परिवर्तन गर्ने दृढ अठोट व्यक्त गरेका छन्।
केन्द्रीय कार्यालयमा आज औपचारिक रूपमा पदभार ग्रहण गरेपछि उनले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहोर्याए। उनले नयाँ सङ्कल्पसहित यात्राको थालनी भएको जनाउँदै पार्टीको एकमात्र लक्ष्य राष्ट्रको समग्र उन्नति रहेको बताए।
सभापति थापाले आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको जानकारी पनि दिए।
परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गर्दै कांग्रेसले जनताको अपेक्षा, चाहना र भावनाअनुसार आगामी निर्वाचनमा सहभागी हुने निर्णय गरेको पार्टीले जनाएको छ।