News Desk
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।
पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले थापालाई प्रधानमन्त्रीका उम्मेदवार तोकेर आगामी निर्वाचनमा जाने निर्णय गरेको हो। केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
मतदातालाई देशको प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा स्पष्ट र सहज विकल्प दिन यो निर्णय गरिएको उपसभापति विश्वप्रकाश शर्माले बताए। शर्माले नै बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए।